image
image
यो वर्ष जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन : कृषि विकास कार्यालय

यो वर्ष जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन : कृषि विकास कार्यालय


काठमाडौं । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार यो वर्ष जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।  चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन (४६ क्विन्टल) स्याउ उत्पादन भएको हो ।

आठवटै स्थानीय तहको स्याउ बिक्रीबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालयले जनाएको छ । जसमध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ ।

त्यस्तै मालवाहक ट्रकबाट ६ हजार नौ सय ९३ मेट्रिक टन स्याउ निर्यात भएको छ । कार्यालयका अनुसार आठ सय ३७ जना स्याउ व्यापारीले किसानको स्याउ बजारमा लगेका छन् । जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य ६० रुपैयाँमा स्याउ बेचेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।