image
image
चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने आईएमएफको प्रक्षेपण

चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने आईएमएफको प्रक्षेपण

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्ष बजेटमार्फत ६ आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य राखिएको भएपनि आईएमएफले ‘रिजनल आउट लुक अफ एसिया प्यासिफिक’ प्रकाशन गर्दै नेपालले लक्ष्यभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको हो।

यसअघि एसियाली विकास बैंक (एडीबी) ले पनि नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो। मागमा देखिन थालेको सुधार, मौद्रिक लचकताले कर्जामा वृद्धि, सरकारी राजस्वमा देखिएको वृद्धि लगायतका कारणले नेपालले उक्त आर्थिक वृद्धिदर हासिल गर्न सक्ने अनुमान आईएमएफले गरेको छ।

यस आर्थिक वर्ष एसिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने आईएमएफको प्रक्षेपण छ। यस आर्थिक वर्ष भारतको आर्थिक वृद्धिदर ६.५ प्रतिशत र चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने प्रक्षेपण आईएमएफले गरेको छ। यस्तै बंगलादेशको आर्थिक वृद्धिदर यस आर्थिक ४.५ प्रतिशत हुने अनुमान गरिएको छ।

सन् २०२५ मा जापानको आर्थिक वृद्धिदर बढ्ने अनुमान आईएमएफले गरेको छ। सन् २०२४ मा जपानको आर्थिक वृद्धिदर ०.३ प्रतिशत रहेकोमा सन् २०२५ मा १.१ प्रतिशत हुने आईएमएफले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।