image
image
तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङ्ग्रा बिक्री

तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङ्ग्रा बिक्री


काठमाडौं । तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङ्ग्रा बिक्री भएको छ। म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका बजारमा यही कात्तिक महिना सुरुभएदेखि चार हजार ४० भेडाच्याङग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दसैं पर्वका लागि आठ हजार भेडाच्याङग्रा बिक्री भएको थियो। पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर निरोगी भेडाच्याङ्ग्रा मात्र बजार पठाउने गरिएको छ।

दसै र तिहार पर्वका लागि मुस्ताङको बाटो भएर जिल्लाका कृषकले पालेका सहित डोल्पा र मुगुबाट ल्याइएका भेडाच्याङ्ग्रा बजारमा बिक्री भएको हो। 

जडिबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो मानिन्छ। तीन वर्ष पुरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छ। गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङ्ग्रा खरिद गरेका ब्यापारीले यसपाली प्रतिगोटा ३० हजारदेखि ३३ हजारमा किसानहरुबाट खरिद गरेका छन्।

गत वर्ष काठमाडौ पोखरामा प्रतिगोटा ५५ हजारसम्म परेको च्याङग्राको मूल्य यसपाली ४५ हजार रुपैयाँभन्दा कममा बिक्री भएको छ। गत वर्ष च्याङ्ग्रा बिक्री नभएर व्यापारीले नोक्सान बेहोरेको गुनासो गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।