image
image
बक्यौता नतिरेको भन्दै बंगलादेशको विद्युत् लाइन काटदै भारत

बक्यौता नतिरेको भन्दै बंगलादेशको विद्युत् लाइन काटदै भारत

 

काठमाडौं । भारतको धनढाय समूह अदानी पावरले बंगलादेशलाई विद्युत महसुल तिर्न चार दिनको समय दिएको छ । अदानीको कम्पनीले बंगलादेशको बिजुली आपूर्ति आधा गरिसकेको छ।

समूहको कम्पनी अदानी पावर झारखण्ड लिमिटेड (एपीजेएल) ले ८४ करोड ६० लाख डलर (लगभग ७ हजार ११८ करोड रुपैयाँ) को बक्यौता नतिरेको कारण यस्तो कदम चाल्ने जनाएको हो ।

बंगलादेश पावर ग्रिडको तथ्यांक अनुसार एपीजेएलले बिहीबार रातिदेखि विद्युत आपूर्तिमा कटौती गरिसकेको छ ।

उक्त कटौतीका कारण बंगलादेशमा एकै रातमा १६ सय मेगावाटभन्दा बढी विद्युत् अभाव भएको छ । १ हजार ४९६ मेगावाटको बंगलादेशी प्लान्ट अहिले ७०० मेगावाटमा सञ्चालित छ ।

तर, बंगलादेश भने भुक्तानी बक्यौता भएकाले कम्पनीले शुल्क बढाएको जनाएको छ ।

बंगलादेश विद्युत बोर्डले पुरानो बिल तिरेको बताएको छ तर जुलाईदेखि अणानीको शुल्क हरेक हप्ता २२ मिलियन डलरभन्दा बढी पुगेको छ । पिबिडीले करिब १८ मिलियन डलर तिरेको छ, जबकि बाँकी रकम बढ्दै गएको छ ।

अदानी पावरले अप्रिल २०२३ देखि बंगलादेशलाई बिजुली बेच्दै आएको छ । अणानी पावर लिमिटेड (एपिएल) ले १० अप्रिल २०२३ देखि आफ्नो पावर प्रोजेक्ट मार्फत बंगलादेशमा बिजुली निर्यात गर्न थालेको हो।

सन् २०१७ मा कम्पनीले गोड्डा पावर प्लान्टबाट बंगलादेशमा २५ वर्षका लागि विद्युत् खरिद सम्झौता अन्तर्गत बिजुली आपूर्ति गर्ने सम्झौता गरेको थियो ।

उक्त प्लान्ट साढे तीन वर्षमा सञ्चालनमा आएको थियो । गत वर्ष तत्कालिन प्रधानमन्त्री शेख हसिनालाई भेटे पछि गौतम अडानीले ट्वीटरमा उक्त तस्बिर सेयर गरेका थिए ।

उनले लेखेका थिए, ‘१६०० मेगावाटको अल्ट्रा सुपर क्रिटिकल गोड्डा पावर प्लान्टको फुल लोडको सुरुवात र हस्तान्तरणमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेट्न पाउँदा म सम्मानित छु। म भारत र बंगलादेशका समर्पित टोलीहरूलाई सलाम गर्दछु, जसले कोभिडको सामना गरे पनि साढे तीन वर्षको रेकर्ड समयमा प्लान्ट सञ्चालनमा ल्याउन सफल भए ।’

अदानी समूहको थर्मल पावर उत्पादन गर्ने कम्पनी अणानी पावरले आर्थिक वर्ष २०२४–२५ को दोस्रो त्रैमासिकमा ३,२९८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको त्यही अवधिमा कम्पनीले ६ हजार ५९४ करोड रुपैयाँ नाफा कमाएको थियो ।

परिचालन राजस्वको कुरा गर्दा यो कम्पनिले जुलाई–सेप्टेम्बर त्रैमासिकमा १३, ३३९ करोड रुपैयाँ थियो। वार्षिक आधारमा ३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०२३–२४ को दोस्रो त्रैमासिकमा कम्पनीले १२,९९१ करोड रुपैयाँ राजस्व आर्जन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।