image
image
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवारदेखि  दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवारदेखि  दैनिक १० घण्टा बन्द हुने

काठमाडौं । यही कार्तिक २३ गते शुक्रवारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुने गरी ट्याक्सी वे बनाउन काम गर्नु परेकोले हरेक दिन १० घण्टा विमानस्थल बन्द हुन लागेको हो ।

विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब पाँच महिना लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । यसका लागि लामो समय लाग्ने भएकाले नै कार्तिकदेखि नै काम थाल्न लागिएको प्राधिकरणको भनाइ छ ।

गर्मी याममा काम गर्न नसकिने तथा मनसुन पनि प्रारम्भ हुने भएकोले हिउँदको समयमात्र उपयुक्त विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिएका छन् । महानिर्देशक अधिकारीले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको स्पष्ट पारेका छन् ।

उक्त कामको योजना करिब ८ महिना अघिदेखि कै भएकाले पनि यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न महाप्रवन्धक अधिकारीले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।