image
image
आजको फलफूल तथा तरकारीको बजार मूल्य, सस्तियो गोलभेडा र साग

आजको फलफूल तथा तरकारीको बजार मूल्य, सस्तियो गोलभेडा र साग

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज आलु, प्याज, घिरौला, चिचिण्डोलगायतको भाउ बढेको छ भने हरियो साग, बन्दा, काउली, गोलभेडा र सागलगायत सस्तिएको छ । आज भारतीय रातो आलुको भाउ बढेर प्रतिकेजी ६० रुपैयाँ ३३ पैसा, सुकेको प्याज १२२ रुपैयाँ ३३ पैसा, लौका ४५ रुपैयाँ, चिचिण्डो ४५ रुपैयाँ, घिरौला र सखरखण्ड ६५ रुपैयाँ पुगेको छ । 

त्यस्तै, हरियो प्याज प्रतिकेजी १४० रुपैयाँ, कन्य च्याउ १५६ रुपैयाँ ६७ पैसा, जिरीको साग १७६ रुपैयाँ ६७ पैसा, केरा प्रतिदर्जन १७० रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँ, भेडे खुर्सानी १६५ रुपैयाँ, हरियो लसुन २९० रुपैयाँ र हरियो धनिया १२८ रुपैयाँ कायम गरिएको छ । 

यसैगरी, सानो गोलभेडाको भाउ घटेर ६५ रुपैयाँमा झरेको छ भने टनेल गोलभेडा ८५ रुपैयाँ, रातो आलु ७७ रुपैयाँ ६७ पैसा, लोकल गाजर १२५ रुपैयाँ, तराई गाजर ११० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, तराई बन्दा ४५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, तराई काउली ८० रुपैयाँ, लोकल सेतो मूला २२ रुपैयाँ ३३ पैसा, मकै बोडी र डल्लो भन्टा ५५ रुपैयाँ, भटमासकोशा र तने बोडी ११० रुपैयाँ, मटरकोशा १६० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, रायोको साग ६० रुपैयाँ, पालूगो, मेथी र चमसूरको साग ९० रुपैयाँ, तोरीको साग ७५ रुपैयाँ, चुकुन्दर ८५ रुपैयाँ र ब्रोकाउली ९५ रुपैयाँ निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।