image
image
नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक

काठमाडौं । सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ। सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो । सोही शर्तअनुसार सबै प्रक्रिया पूरा गरेर निवेदन दर्ता गरेपछि टिकटक नेपालमा दर्ता भएको हो । टिकटक नेपालमा दर्ता भएको तेस्रो सामाजिक सञ्जाल हो ।

सामाजिक विकृति फैल्याएको भन्दै नेपालमा बन्द गरिएको टिकटक खोलिएको केही समयपछि टिकटक अब भने आधिकारिक रुपमै दर्ता भएको छ। जसलाई सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम टिकटक गरिएको प्रवक्ता ठाकुरले जनाएका छन्।

गत वर्ष कात्तिक २७ गते नेपालमा टिकटक बन्द गर्ने सरकारले निर्णय गरेको तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी थिइन्। त्यसपछि गत भदौ ६ गते बन्द गरिएको टिकटक खुलाइएको थियो।हाललाई टिकटकको सिंगापुरस्थित कार्यालयले नेपाल हेर्ने बताइएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।