image
image

साना लगानीमा खुलेका सञ्चारगृहको संरक्षणका लागि जोड

काठमाडौं, ११ वैशाख  । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई विमन्स एरा एण्ड मिडिया ग्रुपले शुक्रबार सम्मान गरेको छ । कार्यक्रममा ग्रुपद्वारा महासङ्घका सचिव सिर्जना अर्याल, केन्द्रीय सदस्य शन्तराम बिंडारी, काठमाडौँ शाखाका उपाध्यक्ष अप्सरा गौतम तथा सदस्यत्रय कृष्णराज गौतम, रमेश बोहरा र शोभा अर्याललाई सम्मान गरिएको हो ।


सो अवसरमा सचिव अर्यालले पत्रकारिता क्षेत्रले सत्य, तथ्य सूचना तथा समाचारका माध्यमबाट समाजलाई ज्ञान प्रवाह र सामाजिक रुपान्तरणमा सहयोग पु¥याउनुपर्ने बताए । केन्द्रीय सदस्य बिंडारीले साना लगानीमा खुलेका सञ्चारगृहको संरक्षणका लागि जोड दिए। काठमाडौँ शाखाका उपाध्यक्ष गौतम, सदस्यत्रय गौतम, बोहरा, अर्याल र शोभा अर्यालले श्रमजीवी पत्रकारका पक्षमा भएका नीतिगत योजना अगाडि बढाउन सकेमा यस क्षेत्रलाई थप व्यावसायिक बनाउन सकिने विचार व्यक्त गरे ।

ग्रुपका अध्यक्ष प्रतिमा राईले जुनसुकै समयमा पनि समाजमा गतिशील हुनुपर्ने सञ्चारकर्र्मी जोखिममा रहेकामा चिन्ता व्यक्त गर्दै कतिपय सञ्चारगृहले समयमा नै पत्रकारलाई पारिश्रमिक नदिएर शोषण गरिरहेकाले त्यसतर्फ संवेदनशील बन्न महासङ्घलाई आग्रह गरे। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।