image
image

सुर्खेत इखेनीमा चिया पकौडा बेचेर स्कुले नानीलाई सहयोग

कर्णाली, ११ वैशाख । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका शिक्षकविद्यार्थीले यो हप्ता बराहताल–६ सुर्खेत इखेनीका १५० स्कूले बालबालिकालाई चिया पकौडा बेचेर पाठ्य सामग्री सहयोग गरेका छन् । विश्वविद्यालय सामाजिक कार्य विभाग स्नातक तथा स्नातकोत्तर तह दोस्रो सेमेष्टरका विद्यार्थीले फिल्ड कार्यका क्रममा चिया पकौडा बेचेर रु २० हजार आम्दानी गरी बालबालिकालाईरु एक लाख बराबरको पोशाक, कापी र सिसाकलम सहयोग गरिएको विभागका प्रमुख खगेन्द्र अधिकारीले बताए । उनले भने, “५२ बालबालिकालाई विश्वविद्यालयका विद्यार्थीसँग सुर्खेत जिल्लाका विभिन्न प्राकृतिक, पुरातात्विक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको पनि अवलोकन गराईएको छ ।”

विभागीय प्रमुख अधिकारीले अगाडि भने, “ बस्तीमा चरम समस्याका रुपमा देखिएको बालविवाह रोक्न बाल क्लब पनि गठन गरिएको छ । कुरीति र कुप्रथाविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्य एवं समन्वयमा समुदायमा प्रयोग हुँदै गरेको घरेलु मदिरा पूर्णरुपमा बन्द गर्ने अभियानका साथै ‘नमूना बस्ती’ निर्माण गर्ने योजनामा सहयोग पु¥याएको छ ।”

विभागले इखेनीका अतिविपन्न बालबालिकाको पढाइलेखाइ, ज्ञान आर्जन, समाज परिवर्तनका साथै सुर्खेत पश्चिमका लगाम, बेतान, बिजारौका महिलाको पाठेघरमा रिङ राख्ने, सेनिटरी प्याड वितरणदेखि जटिल खालका बिरामीको उपचार शल्यक्रिया गर्न प्रदेश अस्पताल पु¥याउने कामसमेत गरेको उनको भनाइ छ ।

विश्वविद्यालयका विद्यार्थी सुरेश खड्काले इखेनीका स्कूले बालबालिकाको दयनीय अवस्था बुझेर प्रभावित क्षेत्रमा पुगेको र एक साताको फिल्ड कार्यमा उनीहरुको कापीसिसाकलमका लागि सहयोग सङ्कलन गरिएको बताए । अर्का विद्यार्थी सिर्जना शाहीले भने, “फिल्ड कार्यले एकातिर सामाजिक सेवा गर्ने मौका मिलेको छ भने अर्कातिर व्यावहारिक र प्रयोगात्मक ज्ञान प्राप्तिको सफल अभ्यास भयो ।” प्रधानाध्यापक रानाले धेरै बालबालिकाले वीरेन्द्रनगर नै नदेखेको र धार्मिक सम्पदा भनेर काँक्रेबिहार देउती बज्यैको कुरा किताबमा पढाउँदा नबुझन गरेकामा भ्रमणले धेरै सिकाएको बताए ।

उनले पाँच कक्षासम्म सञ्चालित विद्यालयमा स्थायी शिक्षकको दरबन्दी नभएको जनाउँदै भने, “म राहत दरबन्दीको शिक्षक हुँ । एक जना करार हुनुहुन्छ । ९६ बालबालिका छन् । शुरुमा वातावरण राम्रो नहुँदा यो स्कुलमा फसौं भन्ने लाग्यो । कतिखेर बाहिर निस्कौं जस्तो भयो । अहिले सहयोगी हातहरुले निरन्तर अघि बढ्न उत्साह मिलेको छ ।” कालापहाडमा दिन गुजारा गर्ने समुदायका महिला आयआर्जन गरेर आत्मनिर्भर बनून् र बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले कर्णाली प्रदेश अस्पताल, बालरोग स्वास्थ्य विभागका प्रमुख डा नवराज केसीले त्यहाँका आमालाई कुखुरा वितरण गरेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।