image
image
बक्स अफिसमा ‘पूर्ण बहादुरको सारङ्गी’को धमाका, एकै दिन पायो ३८० शो

बक्स अफिसमा ‘पूर्ण बहादुरको सारङ्गी’को धमाका, एकै दिन पायो ३८० शो

काठमाडौं । लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । प्रदर्शनको दुई दिन खासै दर्शकको साथ् नपाएको यस फिल्मले एक सातामा ८ करोड २५ लाख ग्रस कमाई गरेको निर्माण कम्पनी सेभेन सिजले जानकारी दिएको छ ।

त्यस्तै फिल्मले शो संख्यामा भने रेकर्ड नै बनाएको छ । फिल्मले बिहीबारबाट देशभरका ८९ हलमा ३८० भन्दा बढी शो पाएको छ । यो नेपाली फिल्मले पाएको अहिलेसम्मकै उच्च शो हो । यसअघि यो रेकर्ड दशैको घटस्थापनाको दिन फिल्म ‘बेहुली फ्रम मेघौली’ को नाममा थियो, यस फिल्मले पहिलो दिन ३४० शो प्राप्त गरेको थियो ।

‘पूर्ण बहादुरको सारङ्गी’ ले बिहीबार मात्र करिब २ करोड ग्रस कमाई गरेको अनुमान गरिएको छ । त्यस्तै फिल्मको शनिबारसम्म नै अग्रिम बुकिङ देखिएको छ । अहिले पनि फिल्मको टिकटको अभाव देखिएको छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ ले अहिले पनि दर्शकको व्यापक साथ पाइरहेका कारण आगामी साता रिलिज हुनलागेका फिल्म ‘ह्रस्व दीर्घ’ र ‘केटी हराएको सूचना’ लाइ असर गर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।