image
image
कृष्ण बि.के र शान्ती श्री परियारको स्वरमा रहेको गीत ‘राधा पियारी’ करोड क्लबमा

कृष्ण बि.के र शान्ती श्री परियारको स्वरमा रहेको गीत ‘राधा पियारी’ करोड क्लबमा

काठमाडौं । गायक कृष्ण बि।के र गायिका शान्ती श्री परियारको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ ।   लक्षरा फिल्मस र एस आर जी होल्दिङ्ग्सको  प्रस्तुतिमा तयार भएको यो प्रेरणादायी गीतलाई दर्शकले १ करोड पटक हेरेका छन् ।

गीत आईतबारसम्ममा युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ भने ४ हजार माथी दर्शकले कमेन्ट गरेका छन् । दुई महिनाअघि सार्वजनिक भएको यो गीतका केही हरफहरु टिकटकमा भाईरल भएका थिए। धेरैले यस गीतमा भिडियो बनाएका थिए ।

गायक बि.केले ‘राधा पियारी’ लाई स्रोता–दर्शकले दिएको माया अनपेक्षित भएको प्रतिकृया दिएका छन्। आफ्नो गीतलाई यति धेरै रुचाइदिएकोमा बि।केले यसको श्रेय स्रोता र दर्शक भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गरेका छन् । गीत रिलिज गर्दा एक किसिमका अपेक्षा भएपनि यति धेरै चर्चाको आशा नगरेको उनको भनाई छ । आफ्नो गीत टिकटकमार्फत बढी भ्यूज गएको उनको बुझाइ छ ।

ओ.एस.आर डिजिटल युटउब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा सिने क्षेत्रका दुई कलाकारहरू पल शाह र मलिका महतले अभिनय गरेका छन् । गीतको नाम ‘राधा पियारी’ भएपनि गीतको भिडियोले सहकारी पीडितहरुको कथा बोल्छ जुन अहिलेको समसामयिक विषय पनि हो। देशभर छरिएर बसेका तमाम सहकारी पीडितलाई न्याय दिलाउन पहल गर्ने विषय नै ’ राधा पियारी’ को मुल सार  हो ।

गीतमा कृष्ण बि.के स्वयंले शब्द तथा संगीत भरेका छन। जि.बि अग्रको निर्देशन रहेको गीतलाई नरेश बिबिसिले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । संजय विश्वकर्माले कोरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन तिवारीको सिनेमाटोग्राफी र सुपृम पराजुलीको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।