पौने ३ लाख घुससहित यातायात कार्यालय सहयोगीसहित २ जना पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापरसहित २ जनालाई दुई लाख ७३ हजार ८५० रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
कापरको कोठामा खानतलासी गर्दा २ लाख २३ हजार ८५० र परीक्षार्थीहरुको पैसा बुझाउन ल्याएको भनिएका जनकपुर उपमहानगरपालिका १० बस्ने बिचौलिया राजकिशोर भगतको साथबाट समेत परीक्षार्थीहरुको नाम र दर्ता नं भएको कागजातसहित ५० हजार रकम बरामत गरेको अख्तियारका सहायक प्रवक्ता वेदपूसाद भण्डारीले जानकारी दिए ।
दुबैलाई उक्त रकमसहित यातायात व्यवस्था कार्यालय जनकपुरधामको कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।