image
image

डेडिकेटेड र ट्रंक लाइन विवादः जोडियो महसुल नतिरेका अधिकांश उद्योगको लाइन

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिरेका अधिकांश उद्योगको लाइन जोडेको छ। प्रमाण नपाएको भनेर बक्यौता बुझाउन नमानेपछि प्राधिकरणले कात्तिक ८ गते ३४ उद्योगको लाइन काटेको थियो ।

आइतबार साँझ आकस्मिकरुपमा बसेको मन्त्रिपरिषद् बैठकले महसुल नतिरेका कारण लाइन काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्न लगाउने, १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिने र सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को निर्णयपछि प्राधिकरणको संचालक समितिले बैठक बसेर उद्योगको लाइन जोड्ने निर्णय गरेको छ। प्राधिकरणले सबै उद्योगलाई डेडिकेटेड र ट्रंक लाइनको महसुलको बिल पनि पठाउने भएको छ। अहिले थोरै लोड भएका सबै उद्योगमा लाइन जोडिसकेको प्राधिकरणले जनाएको छ। बुधबार अपराह्न १२ बजेसम्म सबै उद्योगको लाइन जोडिने बताइएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।