image
image
इन्ड्राइभले लन्च गर्यो नयाँ“इन्ड्राइभ कम्फर्ट” सुविधा

इन्ड्राइभले लन्च गर्यो नयाँ“इन्ड्राइभ कम्फर्ट” सुविधा


काठमाडौं । इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमाआफ्नो नयाँ‘इन्ड्राइभ कम्फटर्‘फिचर सुविधा सुरु गरेको छ । यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू सहितको प्रिमियम लेभलका सवारी साधनमायात्रा गर्न सहज बनाउँछ।

कम्फोर्ट सवारीहरू उच्च गुणस्तरका सवारी साधनहरू र उच्च स्तरको सेवाप्रदान गर्न समर्पित तथाहाइरेटिङ्ग गरिएका ड्राइभरहरूका साथयात्रा गर्न खोज्नेहरूका लागि उपयुक्त छ । नयाँ सुविधासँगै, नेपालीयात्रुहरूले अब थपआरामदायी र सुविधाजनक यात्राको आनन्दलिन इन्ड्राइभ कम्फर्ट राइडहरू रोज्न सक्नेछन्। ।

इन्ड्राइभ साउथ एशियाका सिनियर मार्केटिङ म्यानेजर, श्री अविककर्माकारले भने,“इन्ड्राइभमा, हामी हाम्राग्राहकहरूको आवश्यकताहरू पूरा गर्न किफायती, सुविधाजनकवा थप कम्फोर्ट सवारी विकल्पहरूप्रदान गर्न समर्पित रहेका छौं । इन्ड्राइभ कम्फर्ट राइडको सुरुवात नेपालमा इन्ड्राइभको लागि आकर्षक विकास हो। हामीहाम्रा प्रयोगकर्ताहरूको विशिष्ट आवश्यकताहरू पूरा गर्ने उपयुक्त सवारी विकल्पहरू प्रस्ताव गर्न प्रतिबद्ध छौं। इन्ड्राइभ कम्फर्टको साथ, यात्रुहरूले फराकिलो, रमाइलो र उचितमूल्यको सवारीको प्रतीक्षा गर्न सक्छन, जबकिहाम्राचालक साझेदारहरूले उत्कृष्ट सेवाप्रदान गर्ने थपअवसरहरू प्राप्त गर्छन् ।“

-आरामदायी सवारीका लागि उच्च गुणस्तरका कारहरुः इन्ड्राइभ कम्फर्ट श्रेणीका सबै सवारी साधनहरू उत्कृष्ट अवस्थामा रहेका छन र रमाइलो यात्राका लागि वातानुकूलित छन।यसले काठमाडौंको भीडभाड हुने ट्राफिकमापनि सहजै यात्राको सुनिश्चितगर्दछ। इन्ड्राइभ कम्फर्ट कारहरूमा इन्टेरियर सफाहुने हुँदायात्रुहरुलाई सहज र रमाइलो यात्रा प्रदानगर्दछ।

-फराकिलो इन्टेरियर भएका सेडान क्लासका गाडीहरूः इन्ड्राइभ कम्फर्ट सवारीहरूमा सेडान–क्लासका गाडीहरू समावेश रहेका छन, जसले यात्रुहरूलाई थप ठाउँ र सुविधाको अतिरिक्त क्लास प्रदानगर्दछ। एक्लै यात्रागर्दा होसवा साथीहरू वा परिवारसँग, यात्रुहरूले आरामको लागिप्रशस्त लेगरुम पाउनेछन।

-प्रिमियम अनुभवको लागिउचितमूल्यः इन्ड्राइभ उचित र पारदर्शीमुल्यनिर्धारण गर्न प्रतिबद्ध रहेको छ, र इन्ड्राइभ कम्फर्ट सुविधामापनि उस्तै रहेको छ। यात्रुहरूले अब फराकिलो इन्टेरियर, गुणस्तरिय गाडी र थप सुविधाका साथप्रिमियम सवारी अनुभवको आनन्दलिन सक्छन— त्यो पनि सबै उचितमूल्यमा।

-आरामदायी, फराकिलो र ह्यासल–फ्रि राइडः इन्ड्राइभ कम्फर्ट सुविधा सहरी यात्राको सामान्य तनावबाट मुक्तमात्र नभएर आरामदायीयात्रा गर्नेहरूकालागि डिजाइन गरिएको हो। अधिकलेगरुम, सहज ड्राइभिङ अनुभव, र टप रेटिङ्ग गरिएका ड्राइभरहरूका साथ, यात्रुहरूले एक उत्कृष्ट सवारीको आनन्दलिन सक्छन।

इन्ड्राइभ कम्फर्ट राइड सुबिधाले यात्रुहरूकालागि छनोटको अर्कोतहथपेको छ, जसले अब आफ्नो यात्रा आवश्यकताहरूको आधारमा स्ट्याण्डर्ड सवारी र प्रिमियम इन्ड्राइभ कम्फर्ट अनुभवहरू बीच छनोट गर्न सक्नेछन। यो सुविधा उच्च मूल्याङ्कन कायम राख्ने र प्रिमियम सवारी साधन चलाउने चालकहरूका लागि पनि लाभदायक रहेको छ, जसले उनीहरूलाई इन्ड्राइभ कम्फर्ट राइडहरू मार्फत थप आम्दानी गर्ने अवसर प्रदान पनि गर्दछ।

श्री पवितनन्दा आनन्द, एशिया प्यासिफिक कम्युनिकेसन्स लीड, इन्ड्राइभले भनिन, “हामीचालक र यात्रुदुवैलाई आफ्नो प्राइस रोज्ने स्वतन्त्रता दिएका छौं। त्यसैले, तपाइँले ड्राइभर चयन गर्न पाउनुहुन्छ। हाम्रो पूर्ण पारदर्शी मोडेलमा यात्राहरु हुन्छन। हामीयात्रु र चालकदुवैको हातमा राइडशेयर सर्तहरूउपलब्ध गराएर सबै प्रयोगकर्ताहरूलाई छनोट र निष्पक्षताको स्वतन्त्रता ल्याउन हामी सँधै प्रतिबद्ध छौं ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।