image
image
युरोपेली नेसन्स कप फुटबलः एम्बाप्पे बिनाको फ्रान्सले इटालीमाथि निकाल्यो जित

युरोपेली नेसन्स कप फुटबलः एम्बाप्पे बिनाको फ्रान्सले इटालीमाथि निकाल्यो जित

काठमाडौं । युरोपेली नेसन्स कप फुटबलको आइतबार राति भएको खेलमा फ्रान्सले इटालीलाई ३–१ ले हराएको छ। यो जितसँगै फ्रान्स समूहमा पहिलो बनेको छ। समीकरण अनुसार एक गोलको अन्तरले हारेको भए इटाली पहिलो हुने थियो। दोस्रो मिनेटमा नै मार्सेलीका मिडफिल्डर लुकास डिग्नेको कर्नर क्रस बारमा लागेर फर्केपछि रबटले हेड गर्दै गोल गरेका थिए।

३३ औं मिनेटमा इटालीका भिकारियोले आत्मघाती गोल गरे। इटालीका आन्द्रो काम्बासियोको गोलले इटालीको आशा फर्किएको थियो। ६५ औँ मिनेटमा डिग्नेकै फ्रिकिकमा रबटले हेड गोल गरेका थिए।

सन् १९८३ मा स्विडेनसँग ३–० ले हारे यता इटालीको यो घरेलु भूमिमा सबै भन्दा खराब हार हो। प्रशिक्षक डिडियर डेसक्याम्पले रियल म्याड्रिडका स्टार केलिएन एम्बाप्पेलाई टोलीमा राखेका थिएनन्। सोही समूहको अर्को खेलमा इजरायलले बेल्जियमलाई १० ले हरायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।