image
image

बाँकेका सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका सबै सेवा बन्द

काठमाडौं । बाँकेका सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका सबै सेवा बन्द भएका छन् । अस्पतालमा कार्यरुत कर्मचारीहरुमा कोरोना देखिएपछि अस्पताका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएका हुन् ।
 
कर्मचारीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।

अस्पताल प्रशासनले सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गर्ने उल्लेख गरेको छ ।
बिरामीलाई पर्न गएको असुविधाप्रति अस्पतालले क्षमा मागेको छ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमित बढेका छन् ।

यस्तै जिल्लामा कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि लकडाउन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।