भुकम्प स्मृति दिवसमा बारपाक बिदा गर्ने निर्णय
काठमाडौँ । बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र बिदा दिएको छ ।गाउँपलिकाले गोरखा भुकम्पबाट ज्यान गुमाउनेहरुका स्मृितमा भुकम्प स्मृति दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपलिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए ।
२०७२ वैशाख १२ गते आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक भएको गाउँपालिकाभित्र उक्त दिनको सम्झनामा बिदा दिइएको हो। भूकम्पलाई भुल्नेभन्दा पनि सम्झेर सधैँ सचेत र पूर्वतयारीमा सबै सदैव लाग्नुपर्छ,’ उनले भने।
गाउँ कार्यपालिकाको गत चैत २५ गते बसेको बैठकले भूकम्प स्मृति दिवसका अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
बिदाको दिन गाउँपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ।