सञ्चारकर्मीलाई कालो मास्क निषेध
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा कालो मास्क निषेध गरिएको छ । बैठकमा सहभागी सदस्य तथा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई कालो मास्क नलगाउन भनिएको छ ।
कालो मास्क लगाएका सञ्चारकर्मीलाई बैठक कक्षमा फोटो तथा भिडियो खिच्नका लागि प्रवेश दिइएको छैन । यस्तै बैठकको फोटो मोबाइलबाट खिच्न पनि रोक लगाइएको छ ।
कालो मास्क लगाएका सञ्चारकर्मीलाई बैठक कक्षमा फोटो तथा भिडियो खिच्नका लागि प्रवेश दिइएको छैन । यस्तै बैठकको फोटो मोबाइलबाट खिच्न पनि रोक लगाइएको छ ।