image
image
चार महिनामा नेपालले गर्‍यो ५ खर्ब ६६ अर्बको व्यापार, सबैभन्दा बढी कुन मुलुकसँग ?

चार महिनामा नेपालले गर्‍यो ५ खर्ब ६६ अर्बको व्यापार, सबैभन्दा बढी कुन मुलुकसँग ?


काठमाडौं । आर्थिक वर्ष २०८०–८१ को साउनदेखि कात्तिकसम्म नेपालले १४२ मुलुकसँग ५ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ। यसमध्ये ५ खर्बको १३ अर्बको मालवस्तु आयात भएको छ । सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । 

आयात र निर्यातको यो आकार अघिल्लो वर्षको भन्दा क्रमशः ०.१७ र ४.१६ प्रतिशत धेरै हो । यो अवधिमा २९ अर्ब ४ करोडको डिजेल, २१ अर्ब ५६ करोडको पेट्रोल, एलपीजी ग्यास १८ अर्ब ८५ करोड, स्पञ्ज आइरन १५ अर्ब ९६ करोड, मोबाइल १३ अर्ब ४० करोड, प्लेट आइरन १२ अर्ब ८८ करोड आयात भएको छ ।

त्यस्तै, औषधि ९ अर्ब ९७ करोड, सनफ्लावरको तेल ९ अर्ब ६० करोड, युरिया ९ अर्ब ५९ करोड, सोयाबिन तेल ७ अर्ब २१ करोड तथा हवाइ इन्धन ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको आयात भएको छ । त्यस्तै, यो अवधिमा ५० किलोवाटसम्मको १०५० र ५१ देखि १०० किलोवाटसम्मका २११५ वटा, १०० देखि २०० किलोवाटसम्मका ३१६ वटा गाडी नेपाल भित्रिएका छन् । यसका लागि ६ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको भन्सार विभागले जनाएको छ ।

यो अवधिमा कार्पेट ३ अर्ब ६० करोड, सोयाबिन तेल ३ अर्ब ४१ करोड, चिया २ अर्ब २१ करोड, अलैँची १ अर्ब ९० करोड, पस्मिना १ अर्ब ८६ करोड बराबरको निर्यात भएको छ । यो अवधिमा व्यापार भएका मुलुकमध्ये ११२ देशसँग व्यापार नोक्सानमा रहेको छ । बाँकी ३० देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको देखिन्छ । व्यापार नाफा हुने देशमा पहिलो नम्बरमा अफगानिस्तान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।