image
image

तत्काल लकडाउन गर्ने पक्षमा छैनौँ ,मन्त्री ज्ञावली

 
तत्काल लकडाउन गर्ने पक्षमा छैनौँ ,मन्त्री ज्ञावली
 
काठमाडौँ । सरकारले तत्काल नै देशव्यापी रुपमा लकडाउन नगर्ने बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको आयोजनक कमिटी सदस्यको बैठकपछि प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्री एवम् सरकार प्रवक्ता प्रदीप ज्ञवालीले अहिले नै लकडाउन नगर्ने बताउनुभएको हो । 

मन्त्री ज्ञवालीले कोरोनाको सङ्क्रमण बढेका ठाउँमा लकडाउन हुने तर देशव्यापी लकडाउन गर्ने पक्षमा सरकार नभएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘तत्काल देशव्यापी लकडाउन चाहिँ हामी गर्दैनौँ, सबै नागरिकहरुलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न हाम्रो आग्रह छ । लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक हुन्छ तर त्यो अन्तिम समाधान होइन ।’

भर्खर भर्खर अर्थतन्त्र तङ्ग्रिन थालेको अवस्थामा सकभर अर्थतन्त्रमा, नागरिकको जीविकामा प्रतिकूल असर नपुगोस भन्ने सरकारको चाहना रहेको उहाँले बताउनुभयो । ‘हटस्पट ठाउँहरुमा लकडाउन हुन सक्छ तर त्यो स्थानीयस्तरमा मात्रै देशव्यापी लकडाउन चाहिँ सरकारले गर्दैन ।’ 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।