समाचर प्रकाशन गरेकै कारण उज्याले नेटवर्कका पत्रकार पक्राउ
काठमाडौँ । प्रहरीले समाचार प्रकाशन गरेकै कारण उज्याले नेटर्वक अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङलाई पक्राउ गरेको छ । महाजगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टालीले दुर्गालाललाई बसुन्धाराबाट पक्राउ गरेको हो । अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कबाट नियन्त्रणमा लिइएको हो । उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।
केहीदिा पहिले सो अनलाइनले प्रधानमन्त्री केपी शर्माओली र भारतीय जासुसी ‘रअ’ प्रमुख सामन्त गोयलबीचको सम्झौता भन्दै एक सामग्री प्रकाशन भएको थियो । पछि सोही अनलाइनले गल्ती स्वीकार गर्दै प्रेस काउन्सिलमा माफी समेत मागेको थियो ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए हुा्। उनीहरुलाई राज्य विरुद्धको कसुर र लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । अनिश तामाङ सहितका पत्रकारलाई धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो ।