कोरोनाको रफ्तार बढेपछि मापदण्ड पालनामा कडाई
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढेकाले मापदण्ड पालनामा कडाई गर्न आग्रह गरेको छ । कोरोनाको रफ्तार यहि गतिमा बढेमा अस्पतालमा विरामी राख्ने ठाउँमा समेत पाउन मुस्किल हुने भएकाले मापदण्ड पलाना गर्न आग्रह गरेको हो ।
मन्त्रालयले विज्ञप्ती जारी गर्दै भनेको छ, विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ ले हाल छिमेकी देशहरुमा स्वास्थ्य सेवा प्रवाह प्रणाली समेत तहसनहस पारी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र कोभिड १९ को संक्रमितलाई अस्पतालमा राखेर हेरचार गर्न नसकिएको हृदयविदारक घट्ना हाम्रै आँखा अगाडि देखिरेका छौं ।
यो महामारीले हाम्रै देशका विभिन्न स्थानहरुका समेत उस्तै किसिमका दुःखद् अवस्था आईसकेको देख्दादेख्दै पनि हामी सबैले संक्रमण रोकथाम गर्नसक्ने भूमिकाहरुको निर्वाह गरेका छैनौं । अहिलेको संक्रमण सबै वर्ग र उमेर समूहका लागि अत्यन्त जोखिमपूर्ण छ । र, हालसम्म कोभिडको उपचार गर्नसक्ने कुनैपनि औषधी वा उपाय चिकित्सा विज्ञानले विकास गर्न सकेको छैन् ।’
कोरोना संक्रमणको फैलावटलाई रोक्न सबै जिम्मेवार बन्न आवश्यक रहेको पनि मन्त्रालयले बताएको छ । त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्नसक्ने भूमिकाहरुलाई कसैलाई पनि विचलित हुन नदिऔं, खबरदारी गरौं ।’