रुपन्देहीमा जोरबिजोर प्रणाली लागु
काठमाडौँ। रुपन्देहीमा पनि कोभिड संक्रमितको संख्या बढ्दै गए पछि रुपन्देहि प्रशासनले भीड नियन्त्रण गर्ने प्रयास थालेको छ। यसअघि नै बसेको डिसीसीएमसीको बैठकले भैरहवा र बुटवल लगायतका विद्यालय बन्द गर्ने निर्णय गरिसकेको थियो। अहिले भने रुपन्देहीका सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख मसान्त सम्म बन्द गर्ने निर्णय गरेको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको सुरक्षा पदाधिकारी तथा स्थानिय तहका प्रमुख‚ अध्यक्ष एवम प्रतिनिधिहरुको बैठकले सबै स्थानीय तहका सबै शिक्षण संस्था बन्दको निर्णय गरेको छ। शैक्षिक संस्थाहरुले प्रत्यक्ष भौतिक उपस्थितिमा गरिने शिक्षण सिकाईको सट्टा बैकल्पिक माध्यमबाट शिक्षण सिकाइको ब्यवस्था गर्न भनेको छ।
यसको साथै बैठकले रुपन्देहीका सार्वजनिक तथा निजी यातायातका साधनहरु जोरबिजोर प्रणालीको आधारमा सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले बताए। अर्थात जोर गतेका दिन जोर नम्बर प्लेट भएका यातायातका साधन र बिजोर गते बिजोर नम्बर भएका यातायातका साधनहरु सञ्चालन हुने ब्यवस्था मिलाउन समन्वय बैठकले निर्णय गरेको छ।
बैठकमा सबै स्थानीय तहका अध्यक्ष‚ प्रमुख एवम प्रतिनिधिहरुले कोरोना सम्बन्धी जनचेतनामूलक कार्यक्रम वडा र टोल स्तरमा गर्ने प्रतिवद्धता जनाएका छन्। यस्तै बैठकले प्रत्येक पालिकामा कम्तिमा १ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्न समेत निर्देशन गरेको छ। अहिले रहेका सामुदायिक आइसोलेसन र होम क्वारेन्टाइनहरुको क्षमता विकास गरी पूर्व तयारी अवश्थामा रहन समेत बैठकले आग्रह गरेको छ।