image
image
कतार एयरवेजद्वारा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको उडान बन्द

कतार एयरवेजद्वारा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको उडान बन्द


काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको उडान बन्द गरेको छ । कतारले २७ कात्तिकदेखि १५ मंसिरसम्मका लागि मात्र भैरहवा उडान गर्ने अनुमति लिएको थियो । २३ कात्तिकदेखि काठमाडौंमा आधा उडान कटौती भएपछि कतारले भैरहवामा दैनिक एउटा ‘टचडाउन फ्लाइट’ गर्दै आएको थियो । 

कतारले वाइडबडी एयरबस ३३० विमानबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गरेको थियो । आइतबारदेखि कतारको भैरहवा उडान बन्द भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ  । कतारको सेवा बन्द भएपछि भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा चारमा झरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले १५ मंसिरपछि पनि भैरहवा उडानका लागि प्रस्ताव पेस गर्न कतार एयरवेजलाई पत्राचार गरेको थियो । तर, कतारले भैरहवा उडानका लागि प्रस्ताव पेस नगरेको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । कतारले छलफल गरेर जानकारी पठाउने जवाफ फर्काएको उनको भनाइ छ । कतारको भैरहवा उडान फेरि अनिश्चित बनेको छ ।

कतारले काठमाडौंमा दैनिक चारवटा उडान गर्दै आएको थियो । दैनिक १० घण्टा ९राति १० बजेदेखि बिहान ८ बजेसम्म० त्रिभुवन विमानस्थल बन्द गरेर स्तरोन्नतिका काम सुरु गरेपछि कतारका दुईवटा उडान कटौती भएका थिए । आधा उडान कटौती भएपछि कतारले एउटा उडान भैरहवालाई टच गरेर काठमाडौंमा गर्दै आएको थियो । ‘भैरहवा उडानसहित कतारले काठमाडौंमा दैनिक तीन उडान गर्दै आएको थियो,’ क्यानका सहप्रवक्ता भुलले भने, ‘भैरहवामा उडान नगरेपछि कतारको दोहा–काठमाडौं उडान पनि दुईवटामा झरेका छन् ।’

अहिलेसम्म कतारले भैरहवामा ३८ वटा उडान–अवतरण गरेको छ । जसमार्फत ९३ जना यात्रु मात्र भैरहवा झरेका छन् भने १२ सय तीन यात्रु दोहाबाट भैरहवा ट्रान्जिट भएर काठमाडौं झरेका छन् । यसबिचमा दोहा जानका लागि भैरहवाबाट एकजना पनि यात्रु नचढेको भैरहवा विमानस्थलको तथ्यांकले देखाएको छ । भैरहवामा अहिले एयर एसिया, फ्लाई दुबई, जजिरा एयरवेज र नेपाल वायुसेवा निगमले मात्र नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।