image
image
बढ्यो हवाई भाडाः यस्तो छ नयाँ भाडादर

बढ्यो हवाई भाडाः यस्तो छ नयाँ भाडादर

काठमाडौं । हवाई भाडादर बढेको छ । नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेपछि हवाई भाडामा ९० रुपैयाँसम्म वृद्धि भएको हो । निगमले २ रुपैयाँ प्रतिलिटर बढाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले बिक्री गर्ने हवाई टिकटमा अधिकतम ९० रुपैयाँ वृद्धि गरेका हुन् ।

यो वृद्धि टिकट शुल्कभित्र पर्ने फ्युल सरचार्जमा बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । निगमले हवाई इन्धनको मूल्य थपघट गर्दा वायुसेवा कम्पनीहरुले त्यो मूल्यअनुसार विभिन्न वृत्तखण्डको फ्युल सरचार्ज हेरफेर हुने गर्छन् । यसलाई प्राधिकरण मातहतको हवाई यातायात विभागले नियमन गर्ने गरेको छ ।

यस्तो छ नयाँ भाडादर
काठमाडौँ–सिमरा १५ रुपैयाँले वृद्धि भएको छ भने काठमाडौँ धनगढी ९० रुपैयाँले बढेको छ । त्यस्तै काठमाडौँ–विराटनगर ५० रुपैयाँ, काठमाडौँ–पोखरा ३०, काठमाडौँ भैरहवा ४०, नेपालगन्ज ६० र सुर्खेत ६५ रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।