image
image

आजको फलफूल तथा तरकारीको मूल्यः घट्यो आलु, प्याज, गोलभेडा, बन्दादेखि गाजरसम्मको भाउ

 

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ, भारतिय सुकेको प्याज ९२ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६१, आलु सेतोको ५८, लोकल बन्दाको मुल्य ४५, काउली स्थानीयको ५० रुपैयाँ कायम भएको  छ । 

यसैगरी, कन्य च्याउ १७०, कुरीलो १ हजार, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ५० रुपैयाँ, भिण्डी ८० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, बरेला ११० रुपैयाँ, तितो करेला ८० रुपैयाँ कायम भएको छ । रायो सागको मूल्य २५ रुपैयाँ  छ । तोरिको साग ४०, पालूगो साग ९० र चमसुरको साग ९०, स्कूसको मूल्य २५ रुपैयाँ रहेको छ । 

त्यस्तै, लोकल गाजर ९० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, लौका ४०, घिरौला ८० रुपैयाँ र लोकल परवर ६० रुपैयाँ रहेको छ । त्यस्तै, अनारको ३५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली १०५, केरा १५०, स्याउ फूजी २६० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।