image
image
सिप्रदी ट्रेडिङ्गद्वारा टाटा म्याजिक बिएस ६ सार्वजनिक

सिप्रदी ट्रेडिङ्गद्वारा टाटा म्याजिक बिएस ६ सार्वजनिक

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लि., ले चितवनमा एक विशेष समारोहका बीच टाटा म्याजिक BS6 सार्वजनिक गरेको छ ।

कार्यक्रममा चितवन यातायात प्रा.लि.का अध्यक्ष खेम बा. आले, भरतपुर महानगर यातायात प्रा.लि.का अध्यक्ष चिनी बा. बोहरा, छाहारी यातायात प्रा.लि.का अध्यक्ष बद्री प्र. पौडेल, सार्वजनिक मकवानपुर यातायात प्रा.लि.का अध्यक्ष ज्ञानेन्द्र बा. कार्की, सार्वजनिक ओम शान्ति यातायात प्रा.लि.का अध्यक्ष प्रदीप राज हमाल, पूर्व चितवन कालिका यातायातका अध्यक्ष मिन कुमार श्रेष्ठ, र त्रिनेत्र चितवन यातायात प्रा.लि.का अध्यक्ष कपिल पाण्डेज्यूहरूको गरिमामय उपस्थिति रहेको थियो ।

विशिष्ट अतिथिहरूले टाटा म्याजिकलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा व्याख्या गरे ।

टाटा म्याजिक BS6 गाडीमा ६९४ सीसी पेट्रोल इन्जिन, ३० एचपी पावर, ५५ एनएम टर्क, ५-स्पीड गियर, १३ इन्चका टायर, डिजिटल ओडोमिटर, इको स्विच, एबीएस, र एन्टि-रोल बार जस्ता विशेषताहरू छन् । यी विशेषताले यात्रुहरूको लागि आरामदायी यात्रा र व्यवसायिक दृष्टिकोणबाट उच्च लाभ सुनिश्चित गर्दछ ।

सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का AGM (सिभीबीयू) कृष्ण चन्दले आफ्नो धारणा व्यक्त गर्दै भने, “चितवन जस्तो व्यस्त सहरी क्षेत्रमा टाटा म्याजिक BS6 ले यातायात क्षेत्रको लागि नयाँ आयाम थप्नेछ । यसको किफायती सञ्चालन लागत र आधुनिक प्रविधिले यहाँका व्यवसायीहरूलाई अझ सशक्त बनाउनेछ । सिप्रदीले नेपालभर गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको छ, र यसै लक्ष्यले हामी यहाँ यो गाडी प्रस्तुत गरेका छौं ।”

कार्यक्रममा बोल्दै प्रोडक्ट मेनेजर इन्द्रमणि पोख्रेलले भने, “टाटा म्याजिक BS6 सहरी यातायात र विद्यालय यातायातका लागि उपयुक्त मोडेल हो । यसमा अत्याधुनिक BS6 प्रविधिको प्रयोग गरिएको छ, जसले प्रदूषण घटाउन र इन्धनको कुशल प्रयोग गर्न मद्दत गर्दछ। साना व्यवसायीहरूलाई लक्षित गरी निर्माण गरिएको यस गाडीले व्यवसायलाई किफायती, सुरक्षित, र दिगो बनाउन ठूलो सहयोग पुर्याउनेछ ।”

सिप्रदी ट्रेडिङ्गले यसअघि नै नेपालमा ४,००० भन्दा बढी टाटा म्याजिक गाडीहरू बिक्री गरिसकेको छ, जसले बजारको ९५% हिस्सा ओगटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।