image
image
एनपीएलः लिग चरणका खेल सकिएसँगै आज ब्रेक

एनपीएलः लिग चरणका खेल सकिएसँगै आज ब्रेक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेल सकिएसँगै आज कुनै खेलको तालिका छैनन्। बुधबार इलिमिनेटर र पहिलो क्वालिफायरका दुई खेल हुँदै छन्। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इलिमिनेटर खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ९ बजे सुरु हुनेछ।

अंक तालिका अनुसार चितवन तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा कर्णाली छ । समान आठ अंक भए पनि काठमाडौं गुर्खाज भने रनरेटका आधारमा प्लेअफबाट बाहिरी सकेको छ। कर्णालीका कप्तान सोमपाल कामी र चितवनका कप्तान कुशल मल्ल । त्यस्तै बुधबारको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरको भिडन्त हुनेछ।  

सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ। सुदूरपश्चिम र १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । यो खेल बुधबार दिउँसो १ बजे सुरु हुनेछ। जनकपुरमा कप्तान अनिल शाह र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।