image
image

कोरोनाबाट प्रभावित भारतलाई विश्वको सहयोग

काठमाडौँ । कोरोना महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको  भारतलाइ अमेरिकासहित विश्वमा कैयौँ देशले आपतकालीन स्वास्थ्य सामाग्री तथा औषधि सहयोगको बाचा गरेका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताएका छन् । उनले भनेका टन् जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरुको सहयोगमा निम्ति मद्दत गर्यो, अहिले हामी पनि भारतलाईमद्दत गर्नेछौँ’ उनले भनेका छन् ।

 बेलायतले भारतमा भेन्टिलेटर तथा अक्सिजनको प्रयोगका लागि आवश्यक उपकरणहरू पठाउन थालेको छ । युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि भारतलाई विभिन्न खालको सहयोग पठाउँदैछन् ।

भारतीय राजधानी नयाँ दिल्लीका अस्पतालहरू बिरामीले भरिएका छन् । भारत सरकारले अक्सिजनको उत्पादनमा बढाउने योजना थालेको छ । भारतले देशभरमा ५०० वटा अक्सिजन उत्पादनसम्बन्धी कारखाना खोल्न अनुमति दिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।