image
image
एनपिएलः आज दुई खेल हुँदै, फाइनल प्रवेशका लागि सुदूर र जनकपुरबीच ‘हाई भोल्टेज’ भीडन्त

एनपिएलः आज दुई खेल हुँदै, फाइनल प्रवेशका लागि सुदूर र जनकपुरबीच ‘हाई भोल्टेज’ भीडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ । बुधबारको पहिलो इलिमिनेटर खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । यो खेल दुबै टोलीका लागि ‘नकआउट’ म्याच हुनेछ, यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

चितवन र कर्णालीले लिग चरणमा समान नतिजा हासिल गरेका थिए । दुवै टोलीले सात खेलमा चार जित र तीन हारसहित आठ अंक जोडेका छन् । नेट रनरेटका आधारमा चितवन तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।

समूह चरणमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो, जसले कर्णालीलाई थप आत्मविश्वास दिएको छ । यस्तै आजको दोस्रो खेल भने सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच हुदैँछ । यो खेलले फाइनलको यात्रा सुनिश्चित गर्नेछ । खेल दिउँसो १ बजे सुरु हुँदैछ । 

यो खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर मार्फत अन्तिम अवसर पाउनेछ । लिग चरणमा सुदूरपश्चिमले सातमध्ये ६ खेलमा जित र एक हारसँगै १२ अंक जोड्दै शीर्ष स्थान हासिल गरेर क्वालिफायर १ मा स्थान बनाएको हो । जनकपुरले भने पाँच जित र दुई हारको नतिजासहित १० अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । 

समूह चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले हराएको थियो । जनकपुरका कप्तान अनिलकुमार साहले चोटका कारण बाँकी खेल खेल्न नपाएको अवस्थामा कप्तानीको जिम्मेवारी आसिफ शेखले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।