image
image
नेपाल र बंगलादेशबीचको खेल सुरु हुन सकेन

नेपाल र बंगलादेशबीचको खेल सुरु हुन सकेन

काठमाडौं । मलेसियामा जारी एसीसी यु–१९ महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन ।
    
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल ११ः४५ बजेदेखि हुने भनिए पनि वर्षाका कारण अहिलेसम्म सुरु हुन सकेको छैन । यस खेलमा बंगलादेशलाई हराउन सके नेपालले शीर्ष दुईमा स्थान बनाउनेछ । वर्षाका कारण एक/एक अंक बाँडे बंगलादेश रनरेटका आधारमा शीर्ष दुईमा पुग्नेछ ।  
    
यसअघि नेपाल समूह ‘बी’को उपविजेता तथा बंगलादेश समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा प्रवेश गरेका हुन् । सुपर फोरको पहिलो खेल पनि वर्षका कारण रद्द हुँदा नेपालले श्रीलंकासँग अंक बाँडेको थियो । बंगलादेश भने भारतसँग आठ विकेटले पराजित भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।