image
image

मन्त्रालयले कोरोनाबाट मृत्यु हनेको गलत तथ्याङ्क सच्यायो

काठमाडौँ । बागमति प्रदेशको समाजिक विकास मन्त्रालयले प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेका गलत तथ्याङ्क सच्याएको छ । मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत राखेको मृतकहरुको गलत तथ्याङ्लाई सच्याएको हो ।

मन्त्रालयले यसअघि बागमति प्रदेशमा देशभर कोरोनाका कारण मृत्यु हुनेको तथ्याङ्कभन्दा तीन गुणा बढी व्यक्तिको मृत्यु भएको भनि गलत तथ्याङ्क सार्वजनिक गरेको थियो । मन्त्रालयले प्रदेशभर हालसम्म १० हजार ५ सय ६८ जनाको कोरोनाका कारण मृत्यु भएको भनि गलत तथ्याङ्क सार्वजनिक गरेको थियो ।

बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट १ हजार ६८ जनाको मृत्यु भएको छ भने देशभर ३ हजार १ सय ६४ जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ । मन्त्रालयले दैनिक रुपमा कोरोना संक्रमणको प्रतिवेदन सार्वजनिक गरी आफ्नो वेबसाइटमा समेत सार्वजनिक गर्ने गरेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।