निजि क्षेत्रबाट खोप ल्याउने बाटो खुल्ला गर्न परिसंघको ध्यानाकर्षण
काठमाडौँ १३ वैशाख । नेपाल उद्योग परिसंघले निजि क्षेत्रबाट खोप ल्याउन बाटो खुल्ला गरिदिन सरकारको ध्यानाकर्षण गराएको छ । कोरोनाको दोस्रो लहर पनि सुरु भएकाले खोपको संख्या पनि बढाउनु पर्ने भन्दै यस अभियानमा निजि पहिलो प्राथमिकतामा राख्न धन्याकर्षण गराईएको हो ।
त्यस्तै खोप आयातका लागि पनि नजी क्षेत्रलाई सामेल गराउन अरु देशका खोपहरुलाई फस्टट्रयाकमा अनुदान गर्नुपर्ने परिसंघको भनाई छ । आवश्यक क्षेत्रमा औषधि, स्वास्थ्य उपकरण र खाद्य क्षेत्रमा लगानी गर्ने व्यवसायीलाई आयकरमा छुट दिन माग गरेको छ । परिसंघको सोमबार बसेको आकस्मिक बैठकले कोभिड नियन्त्रण गर्न ठोस कदम चाल्न सरकारसमक्ष माग गर्दै यस्तो बताएको हो ।
साथै कोभिडको पहिलो लहरबाट पाठ सिकेर उपचारमा आवश्यक बेड, औषधि, भेन्टिलेटरलगायत आवश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन अहिले नै तयारी गर्न समेत परिसंघले सरकारको ध्यानाकर्षण गराएको छ ।