image
image
नेपाललाई वैदेशिक सहायता प्राप्‍तिमा उल्लेख्य वृद्धि

नेपाललाई वैदेशिक सहायता प्राप्‍तिमा उल्लेख्य वृद्धि

काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्‍त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०८१÷८२ को पुष पहिलो हप्‍तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिवद्धता प्राप्‍त भएको हो । 

गत आर्थिक वर्ष २०८०÷८१ को सोही अवधिमा प्राप्‍त प्रतिवद्धता ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा चालु आर्थिक वर्षमा प्राप्‍त प्रतिवद्धता २३७.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए । प्रवक्ता भट्टराई अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिवद्धता १५३.१ प्रतिशतले र वैदेशिक ऋणको प्रतिवद्धता २८०.६ प्रतिशतले बढेको छ । 

त्यसैगरी चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्‍त वैदेशिक सहायता पनि गत वर्षको समान अवधिको तुलनामा ३०.३ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयका प्रवक्ताका अनुसार यस अवधिमा वैदेशिक ऋण ६ अर्ब ७५ करोड रुपैयाँ  र वैदेशिक ऋण ३७ अर्ब ३३ करोड रुपैयाँ समेत जम्मा ४४ अर्ब ८ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्‍त भई विभिन्न विकास निर्माणका कार्यमा प्रयोग भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।