image
image

मास्क प्रयोग नगरे ५० रुपैयाँ जरिवाना

महेन्द्रनगर - जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले आजदेखि महेन्द्रनगरमा मास्क बिना हिँडडुल गर्नेलाई कारबाही थालेको छ।

पहिलो दिन आज बजार क्षेत्रमा मास्क बिना हिँडडुल गर्ने ३७ जनालाई कारबाही गरिइएको छ। कारबाहीस्वरुप उनीहरुबाट रु एक हजार ८५० जरिवाना असूल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

‘तपाईंको मास्क खै? अनिवार्य मास्क लगाउनु है’, अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ। शुरुमा प्रहरीले ८०-९० जनालाई सम्झाइबुझाइ गरेर छाडेकोसमेत जनाएको छ।

दुई संक्रमितको मृत्यु

कोरोना भाइरस सङ्क्रमणबाट आज कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा भीमदत्त नगरपालिका–४ का ६० वर्षीय पुरुष र सोही नगरपालिका–१५ का ७० वर्षीय पुरुष रहेका छन्। उपचारका क्रममा आज दुवै जनाको महाकाली अस्पतालमा ज्यान गएको हो। कोरोना संक्रमणपछि दुवै जनालाई उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो।

बितेको तीन दिनमा अस्पतालमा उपचाररत तीन संक्रमितको निधन भइसकेको महाकाली अस्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले जानकारी दिए। उनले हाल अस्पतालमा ६० जना संक्रमितको उपचार भइरहेको जानकारी दिए।

त्यसैगरी, यहाँको गड्डाचौकी नाकाबाट भारत जान आज बिहानदेखि रोक लगाएको छ। भारतमा कोरोना संक्रमण बढ्दै गएका बेला यहाँको स्थानीय प्रशासनले नेपाली नागरिकलाई भारत जान रोक लगाएको हो।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले आइतबार बेलुकीदेखि नै भारत जाने क्रम न्यून रहेको बताए। उनले भारतबाट भने नेपालीहरुलाई गड्डाचौकी नाकाबाट स्वदेश फिर्ता हुन दिइएको बताए।

‘अहिले यो नाकाबाट दैनिक पाँचदेखि सात सयजना स्वदेश फर्किरहेका छन्’, प्रहरी नायब उपरीक्षक गुरुङले भने, ‘आउनेहरुको नाकामा स्वास्थ्य परीक्षण पनि भइरहेको छ।’ स्थानीय प्रशासनले आंशिक बन्दाबन्दी (लकडाउन) गर्ने विषयमा गृहकार्य गरिरहेको छ। त्यस्तै, यहाँका स्थानीय तहहरुले पनि कोरोना संक्रमण बढ्न थालेपछि कार्यपालिकाको कामकाज बन्द गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।