image
image

काेभिड कहरमा यार्सागुम्बा संकलन खुला

मनाङ । कोरोना महामारीले निम्त्याएको अर्थ संकट टार्न हिमाली जिल्लामा यार्सगुम्बा संकलन सुरुआत हुने भएको छ ।

लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न  कठिन भएको र अमूल्य जडिबुटीलाई  यसै खेर जान नदिन जडिबुटी संकलन गर्न लागिएको हो । यसका लागि अन्नपूर्ण संरक्षण क्षेत्रले अनुमति प्रदान गरेको छ । यहाँको आर्थिक अवस्था उकास्न यार्सा संकलन पूर्जी खुला गरिएको हो । यस क्षेत्रले जिल्लाका  विभिन्न खर्कमा संकलनका लागि पूर्जी रकम छुट्याएको छ । नाम्के खर्कका लागि २० हजार  रुपैयाँ, ङिस्याङ २० हजार रुपैयाँ र  नार फु भ्यालीका लागि ३० हजार रुपैयाँ छुट पूर्जी रकम उल्लेख गरिएको छ ।

गत वर्ष कोरोनाले बन्दबन्दी भएकाले  यस क्षेaत्रले जडिबुटी संकलन रोक लगाएको सो संरक्षण क्षेत्रका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना जोखिम बढ्दै जाँदा आर्थिक संकट पनि बढेको हुँदा यस पटक भने जिल्लाभित्र बसोवास गर्ने जिल्लाबासीका लागि मात्र खुला गरिएको हो । कोरोना जोखिम बढ्न सक्ने जनाउँदै बाहिरी जिल्लामा भने  बन्देज लगाइएको उहाँले जानकारी दिनुभयो । 

जिल्लामा रहेका चार स्थानीय तहका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय लगायत स्थानीय सिएमसीको निर्णयानुसार जिल्लाका सबै क्षेत्रमा यार्सा संकलन पूर्जी खोलिएको सिएमसी ताचैका अध्यक्ष याद घलेले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटन व्यवसाय ठप्प भएसँगै स्थानीयबासीको आर्थिक अवस्था आएको संकट टार्नको लागि पनि संकलन आवश्यक रहेको हो । जडिबुटी र पर्यटन व्यवसायमा निर्भर  यहाँका मानिस कोरोनाले पर्यटन व्यवसाय ठप्प भएसँगै दैनिकी चलाउन कठिन भएको जनाउँदै सिजनमा यार्सा संकलन गरेर जिविको चलाउन सकिने बताउँछन् । 

जडिबुटी संकलन गर्दासमेत सुरक्षालाई ध्यान दिन जिल्ला प्रशासनले अनुरोध गरेको छ । उहाँले महामारीले कसैलाई पनि नछाड्ने हुँदा स्वास्थ्यको ख्यालसमेत गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

उहाँले संकलन गरिएका जडिबुटी चोरी निकासी हुनसक्ने हुँदा जिल्ला प्रशासनले आवश्यकताअनुसार जिल्लाका सबै सुरक्ष निकाय प्रयोग गरिने बताउनुभयो ।

जिल्लाबासी बाहेक बाहिरी जिल्लाका मानिसलाई संकलनमा निषेध गरिएको छ । त्यस्तै खरीद बिक्रीका लागि पनि जिल्लाभित्रका सरकारले दिएको अनुमतिपत्र भएका मानिसलाई नै प्राथमिकतामा राखिएको  पनि उहाँले जानकारी दिनुभयो ।  सरकारको जडिबुटी खरिद ऐनअनुसारको अनुमतिपत्र हुनुपर्ने उहाँले बताउनुभयो । 

समयमा संकलन गर्न नसके यी जडिबुटी त्यसै बिलाएर जाने हुँदा सही समयमा सदुपयोग गर्न सकियो भने  जीवनस्तर उकासिन्छ । जिल्लाको आर्थिकस्तरसमेतमा यसले टेवा पुग्छ । यसैले पनि यार्सा संकलन गर्नु जरुरी भएको मनाङ ङिस्याङ सिएमसीका अध्यक्ष सगर गुरुङले जानकारी दिनुभयो । 

हाल नाम्के खर्कमा संकलन सुरु भएको सिएमसी ताचैका अध्यक्ष याद घलेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका सबै खर्कमा एकै चोटि संकलन भने हुँदैन । यो खर्कमा सिजनको पहिलो सुरु हुने खर्क हो भने नारफु खर्क सिजनको अन्तिम भएको उहाँले बताउनुभयो ।

यही वैशाखको दोस्रो सातादेखि शुरु भएको संकलन असार मसान्तसम्म रहने जनाइएको छ ।  यस अवस्थामा आपराधिक घटना हुन नदिन सुरक्षा व्यवस्थासमेत सुदृढ बनाइएको जिप्रकाले जनाएको छ । चार गाउँपालिका रहेको यस जिल्लामा चामे गाउँपालिका बाहेक अरु गाउँपालिकामा यर्सागुम्बा संकलन गर्ने खर्क रहेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।