image
image

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  बिहीबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज केही तरकारी र फलफूलको भाउ घटेको छ भने केहीको बढेको छ । 

आज लोकल सानो गोलभेँडाको भाउ घटेर प्रतिकेजी ५० रुपैयाँ, सानो गोलभेँडा (भारतीय) को मूल्य ७५ रुपैयाँ, सानो तराई गोलभेँडा ६७ रुपैयाँ ६७ पैसा, सुकेको प्याज (भारतीय)  ६२ रुपैयाँ ६७ पैसा, टाटे सिमी ४० रुपैयाँ, मटरकोशा १०५ रुपैयाँ, लौका ७५ रुपैयाँ, तराई परवर ९५ रुपैयाँ, डल्लो भन्टा ५५ रुपैयाँ, सेतो लोकल मूला ३७ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

यसैगरी, आज लोकल बन्दा र स्थानीय काउलीको भाउ प्रतिकेजी ५० रुपैयाँ कायम भएको छ भने हरियो फर्सीको भाउ बढेर औसत मूल्य प्रतिकेजी ३५ रुपैयाँ, तितो करेला १०५ रुपैयाँ, लाम्चो भन्टा ६५ रुपैयाँ, सखरखण्ड ८५ रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, चुकुन्दर ९५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैयाँ, लोकल काक्रो ११५ रुपैयाँ, हरियो खुर्सानी ६५ रुपैयाँ र माछे खुर्सानी ९५ रुपैयाँ पुगेको छ ।

तराई काउली २७ रुपैयाँ ६७ पैसा, बरेला र ब्रोकाउली प्रतिकेजी ५५ रुपैयाँ, कन्य च्याउ १३५ रुपैयाँ, झोले स्याउ २५० रुपैयाँ, सुकेको छ्यापी १५० रुपैयाँ, मुंगरी माछा ४२६ रुपैयाँ ६७ पैसा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।