image
image
हकप्रद सेयर निष्काशन गर्दै मन्दाकिनी हाइड्रोपावर, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल

हकप्रद सेयर निष्काशन गर्दै मन्दाकिनी हाइड्रोपावर, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्कासनका कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष शरद कुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीको २०८१ मंसिर ७ गते सम्पन्न भएको एघारौँ वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापूँजीको १२५ प्रतिशत अर्थात् १ः१.२५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नको लागि उक्त सम्झौता सम्पन्न भएको हो । यस कम्पनीले प्रवर्द्धन गरेको सार्दीखोला जलविद्युत आयोजना कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा रहेको छ । आयोजनाबाट २०७४ मंसिरदेखि ४ मेगावाट बराबर विद्युत  उत्पादन भइरहेको छ। 

हकप्रद शेयर जारी गरी कम्पनीले माथिल्लो सार्दिखोला जलविद्युत आयोजना (२.९ मेगावाट) निर्माण गर्ने तथा अन्य जलविद्युत परियोजनामा लगानी गर्ने योजना बनाएको छ। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै हकप्रद शेयर निष्काशन गर्नेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।