image
image

अछाममा एकै विद्यालयका १६ विद्यार्थीमा कोरोना पुष्टि

काठमाडौँ । अछाममा एकै विद्यालयमा पढ्ने १६ विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ।

अछाम बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ कालिकामा रहेको नन्दा माध्यमिक विद्यालयका १६ जना विद्यार्थीमा कोरोना देखिएको हो।

यो विद्यालयका २५ जना विद्यार्थीमा सोमबार एन्टिजेन परीक्षण गरिएको थियो। १० जना छात्र र ६ छात्रामा कोरोना पोजेटिभ देखिएको हो।

गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बसन्तबहादुर रावलले विद्यालयका १० जना शिक्षकको पनि स्वाब लिइएको बताए।

विद्यार्थीमा कोरोना देखिएपछि शिक्षकहरूको पनि स्वाब संकलन गरिएको हो।

एक सातादेखि विद्यार्थीमा टाउको दुख्ने, खोकी लाग्ने र ज्वरो आउनेजस्ता समस्या देखिएका थिए। संक्रमण देखिएका सबै विद्यार्थी होम आइसोलेसनमा छन्।

सोमबारदेखि नै विद्यालय बन्द गरिएको छ। गाउँपालिका भित्रका अरू विद्यालय भने खुला नै छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।