image
image

बजेट अभाबका कारण गुल्मीका पिसिआर परीक्षण प्रयोगशाला बन्द

काठमाडौँ । गुल्मीमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला बजेट अभाबका कारण बन्द भएको छ । पछिल्लो १३ दिनमा गुल्मीमा चारजना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या ७६ पुगेको छ ।

 प्रयोगशाला गत असोज १ मा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले धुमधामका साथ उद्घाटन गरेका थिए। गुल्मीका स्थानीय तहहरूको सहयोगमा रेसुंगा नगरपालिकाको संयोजनमा सञ्चालन थियो।

प्रयोगशालामा काम गर्ने १० जना कर्मचारीले पाँच महिनाको तलब नपाई रित्तो हात घर फर्किएका थिए। तर सरोकारवाला निकायले भने उनीहरूलाई पारिश्रमिक दिन र प्रयोगशाला सञ्चालनमा ल्याउन चासो नदिएको स्थानीयको गुनासो छ। गुल्मीको प्रयोगशाला सञ्चालनमा नआएपछि स्वाब परीक्षणका रूपन्देही पठाउनुपर्ने बाध्यता छ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले प्रयोगशाला सञ्चालनका लागि प्रदेश सरकारसँग बजेट माग गर्ने र दीर्घकालीन रुपमा सञ्चालन गर्न केन्द्रीय सिसिएमसीलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।