image
image

सुदूरपश्चिम प्रदेशमा थप १९७ जनामा कोरोना पुष्टि

काठमाडौँ ।। सुदूरपश्चिम प्रदेशमा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा १९७ जनामा कोरोना पुष्टी भएको हो । ३७० नमुनाको परीक्षण गर्दा थप १९७ जनामा कोरोना पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताएका छन् । कोरोना पुष्टी हुनेमा अधिकांश कैलालीको धनगढीका रहेको उनको भनाई छ ।

 उनका अनुसार अहिले  भेन्टीलेटरमा २, आइसियुमा ११, अक्सिजन सपोर्टका २५ बिरामी उपचाररत रहेका छन् । सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा दुई संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कञ्चनपुर बेदकोटका ४८ वर्षीय पुरुष र गौरीगंगा ५ कैलालीका ३५ वर्षीय पुरुष रहेका छन् । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।