image
image
सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

काठमाडौं ।  साप्तहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ७.३३ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.२८  प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ५ सय ८८.६२ विन्दुमा बन्द भएको छ । गत बुधबार झिनो अंकले बढेको नेप्सेमा बिहीबार करिब साढे ७ अंकले घटेको हो ।

उक्त दिन कारोबारमा आएकामध्ये ८९ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १५१ वटाको घट्यो भने बाँकी ३ वटा कम्पनीको स्थिर रहयो । ७० हजार ६ सय ३४ पटकको कारोबारमा १ करोड १७ लाख ४९ हजार ७ सय १ कित्ता सेयर किनबेच भए । 

ती किनबेचमा करिब ५ अर्ब ९३ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।