कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, कसले आवदेन दिन पाउने ?
काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३३ हजार ८५२ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थाले किन्न पाउने गरी बिक्रीमा राखेको बैंकले जनाएको छ। सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आफूले किन्न चाहेको सेयर विवरण खुलाई ७ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।









