image
image

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ८८ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपियाँ ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपियाँ ६९ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ३५ पैसा निर्धारण गरिएको छ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ७५ पैसा र बिक्रीदर ८६ रुपियाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ९६ पैसा र बिक्रीदर ९६ रुपियाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ १९ पैसा र बिक्रीदर एक सय एक रुपियाँ ६३ पैसा तोकिएको छ।

त्यस्तै,जापानी येन १० को खरिददर आठ रुपियाँ ८८ पैसा र बिक्रीदर आठ रुपियाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८७ पैसा र बिक्रीदर १८ रुपियाँ ९५ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८६ पैसा र बिक्रीदर ३७ रुपियाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९३ पैसा र बिक्रीदर ३८ रुपियाँ ०९ पैसा कायम भएको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।