image
image
चालु आर्थिक वर्षको दोस्रो त्रैमास: नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायाे २ अर्ब नाफा

चालु आर्थिक वर्षको दोस्रो त्रैमास: नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायाे २ अर्ब नाफा

काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा  ५७.१८ प्रतिशतले बढेको छ । बैंकले यसअवधिमा खुद नाफा ५७.१८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ८० करोडरुपैयाँ खुद नाफा कमाएको थियो ।

१ वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा बढेको छ । खुद ब्याज आम्दानी २.३७ प्रतिशतले घटेर ७ अर्ब ३६ करोड कायम भएको छ । बैंकको सञ्चालन नाफा भने ३३.६९ प्रतिशतले बढेर ४ अर्ब ४ करोड भएको छ । 

यता, खराब कर्जा ०.४७ प्रतिशत विन्दुले बढेर १.६७ प्रतिशत कायम भएको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०४ पैसाले बढेर १६ रुपैयाँ ६० पैसा (बार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ छ । 

पुस मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९८ हजार रुपैयाँ छ । जगेडा कोषमा ३१ अर्ब ८९ करोड रुपैयाँ छ । यसको वितरणयोग्य नाफा भने २ अर्ब ८६ करोड रुपैयाँ ऋणात्मक रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।