भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई लाख बढी
काठमाडौँ मंगलबारसम्मको तथ्यांक अनुसार भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई लाख पुगेको हो। मंगलबार एकै दिन तीन हजार भन्दा बढिले ज्यान गुमाएका छन्।
एकै दिन कोरोना संक्रमणका कारण यति धेरै संख्यामा पहिलोपटक ज्यान गमाएको अधिकारीले बताएका छन्। मंगलबार कोभिड–१९ का कारण ३२ सय ८६ भारतीयको ज्यान गएको हो।
पछिल्लो दुई हप्तामा मात्रै २० लाख भन्दा धेरै संक्रमित थपिएका छन्। पछिल्ला दिनहरुमा दैनिक साढे तीन लाखको हाराहारीमा संक्रमित थपिएका छन्।
कोभिड–१९ का कारण अमेरिका, ब्राजिल र मेक्सिकोपछि भारतमा सबैभन्दा धेरैको ज्यान गएको छ। तर भारतमा महामारीको अवस्था अहिले अति भयावह र चिन्ताजनक बनेको छ।
अस्पतालहरुमा आइसियु, भेन्टिलेटर बेड, अक्सिजन तथा औषधिको अभाव भइरहेको छ।