image
image

२ दिनमा २ लाखले छाडे उपत्यका

काठमाडौं १५ वैसाख  । उपत्यकामा  बिहीवार रातिदेखि १ साताका लागि निषेधाज्ञा लागू हुने भएपछि २ दिनमा २ लाख मान्छे उपत्यकाबाट बाहिरिएका छन् । संक्रमण बढेर भयावह अवस्था आउन नदिनका लागि उपत्यकाका तीनओटै प्रमुख जिल्ला अधिकारीहरूको सोमवार बसेको संयुक्त बैठकले निषेधाज्ञाको निर्णय गरेको हो ।


गतवर्षको जस्तै निषेधाज्ञाको समय लम्बिँदै जान सक्ने आशंकामा सर्वसाधारणहरू घर जाने क्रम बढेको हो । कलंकी, बालाजु, कोटेश्वर, बल्खुलगायत स्थानमा उपत्यका छाडेर बाहिरिने मान्छेहरूको भीड बढेको देखिएको छ ।निषेधाज्ञाको खबर बाहिरिएसँगै सोमवारदेखि नै उपत्यकामा बसेर पढ्ने विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदूर र अन्य कामको शिलसिलामा काठमाडौं आएकाहरू बाहिरिने क्रम बढेको छ । 

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले   सामान्य अवस्थामा उपत्यका छाड्नेहरूको संख्या दैनिक करीब ५० हजारको हाराहारीमा हुने गरेकोमा निषेधाज्ञा हुने भएपछि उपत्यका चोद्नेको संख्या दोब्बर हुन पुगेको बताए।त्यसैगरी सरकारले दिएका अवधिमा गाउँ फर्किन चाहनेहरूका लागि सवारी पर्याप्त नहुने भएकाले कम्तीमा पनि २÷३ दिनका समय थप गर्नुपर्ने उनको भनाइ छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।