चीनले थप सवा ९ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोगको गर्ने
काठमाडौँ १५ वैशाख । चिनले नेपाललाई थप पाँच मिलियन आरएमबी (९ करोड १९ लाख ८४ हजार ५३३) बराबरको स्वास्थ्य सामाग्री अनुदान सहयोग गर्ने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले आयोजना गरेको दक्षिण एसियका देश पाँच देशहरु अफगानिस्तान, पाकिस्तान, नेपाल, बंगलादेश र श्रीलंकाका विदेशमन्त्रीहरुसँगको भिडियो कन्फ्रेन्सका क्रममा यस्तो प्रतिवद्धता गरेका हुन् ।
कन्फ्रेन्समा महामारी पछिको आर्थिक पुन: उत्थानका विषयमा छलफल हुँदै गर्दा कोभिड-१९ विरुद्धको खोपको साझेदारीको विषयमा पनि छलफल भएको थियो। त्यस्तै नयाँ दिल्लीको उपस्थिति नभए पनि दिल्लीलाई पनि सहयोग गर्ने प्रतिवद्धता चीनले व्यक्त गरेको ग्लोबल टाइम्सले जनाएको छ। साथै महामारीका बेला स्वास्थ्य सामाग्री अभाव हुन नदिन तथा क्षमता बढाउनका लागि रिर्जभको प्रस्ताव गरिएको थियो।