image
image

प्रशान्त तामाङ भन्छन,आमा गुमाएको भनि स्वीकार्न वषौँ लाग्छ

काठमाडौँ । गायात तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । प्रशान्त स्वयंले सामाजिक सञ्जाल फेसबुकमार्फत यस कुराको पुष्टि गरेका हुन् ।

आमासँगको तस्बिर सेयर गर्दै उनले लेखेका छन्, “आमा गुमाउनु भनेको आजको भोलि हुने होइन । जे गुमाउनुपर्‍यो, त्यो स्वीकार्न वर्षौँ लाग्दछ ।” उनले मंगलबार यो पोस्ट गरेका थिए । यद्यपि, आमाको निधन कहिले भएको भन्नेबारे भने उनले खुलाएका छैनन् ।

प्रशान्तले सन् २००७ मा ‘इन्डियन आइडल सिजन ३’ को उपाधि जितेका थिए । गायनसँगै ‘गोर्खा पल्टन’बाट उनले नेपाली चलचित्रमा पाइला टेकेका थिए । उनी ‘परदेशी’, ‘निशानी’लगायत चलचित्रमा अभिनेताको रुपमा पर्दामा देखिइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।