image
image
राजस्व चुहावट मुद्दामा बरामद भएका यी वस्तुहरू लिलाम बिक्री गर्दै राजस्व विभाग

राजस्व चुहावट मुद्दामा बरामद भएका यी वस्तुहरू लिलाम बिक्री गर्दै राजस्व विभाग

काठमाडौं । राजस्व अनुसन्धान विभागले सारी, स्वीटर, कुर्था सुरुवाल, टप्स, ज्याकेट, जुत्ता, चप्पल, मोवाइललगायतका बस्तुहरू लिलाम बिक्री गर्ने भएको छ ।राजस्व चुहावट मुद्दामा बरामद भएका यी वस्तुहरू विभागले ५ करोड ३६ लाख २ हजार ४६६ रुपैयाँ न्यूनतम मूल्यमा विभागले लिलाम गर्ने भएको हो । 

विभागले लिलाम बिक्रीको सिलबन्दी दरभाउपत्रका लागि १५ दिनको समय दिएर सार्वजनिक सूचना आह्वान गरेको छ ।  लिलाम गर्न लागिएको मालवस्तुहरूमा सारी १३८ पिस, स्वीटर १६० पिस, कुर्था सुरुवाल २५ हजार ८७३ पिस, टप्स ९३३ पिस, ज्याकेट २०९ पिस, एयर बर्ड २ हजार ३४० पिस रहेको छ । 

यसैगरी, जुत्ता ६४ जोर, चप्पाल ८० जोर, टेम्पर ग्लास २ हजार २४२ के.जी., मोवाइल कभर १ हजार ४७४ के.जी., जिन्स पाइन्ट १०४ पिस, मोवाइल डिस्प्ले १ हजार ९९० पिस, मोबाइल १०५ नम्बरको नोकिया २०० पिस, कस्मेटिक १ हजार ५०० पिस, सर्ट ३० पिसलगायतका सामाग्री पनि लिलाम गरिने विभागले जनाएको छ । 

नियमअनुसार दर्ता भएका इच्छुक फर्म तथा कम्पनीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनअनुसार लिलाम गर्न सूचना प्रकाशित गरिएको विभागको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।